Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि, सङ्क्रमितको संख्या ५९ पुग्यो

पछिल्लो समयमा नेपालमा पनि कोरोना संक्रमित दिनप्रतिदिन बढ्दोक्रममा रहेको अवस्थामा आज शुक्रबार पनि थप दुई जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

बाँकेको नेपालगञ्जका ६० वर्षका पुरुष र रुपन्देहीका २५ वर्षका युवकलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयले जनाएको । योसँगै नेपालमा सङ्क्रमितको संख्या ५९ पुगेको छ ।

सङ्क्रमितमध्ये अहिसम्म १६ जना निको भए घर फर्किएका छन् ।

प्रकाशित मिति: May 1, 2020

प्रतिक्रिया दिनुहोस्