Logo
२६ बैशाख २०८१, बुधबार
(April 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरा महानगर क्षेत्रका विद्यालयहरुलाई अनलाइन कक्षाहरु सञ्चालन नगर्न निर्देशन

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउन लम्बिँदै गएपछि विद्यालयले ‘अनलाइन कक्षा’ सञ्चालन गर्न थालेका छन् ।

तर पोखरा महानगरपालिकाले भने आफ्नो क्षेत्रका विद्यालयहरुलाई अनलाइन कक्षाहरु सञ्चालन नगर्न निर्देशन दिएको छ । महानगर शिक्षा शाखाले बिहीबार विज्ञप्ति जारी गरी अनलाइन कक्षाहरु सञ्चालन नगर्न भनेको हो ।

महानगरभित्रका केही संस्थागत विद्यालयले आवश्यक प्रक्रिया र पूर्वाधारबिनै कक्षा सञ्चालन गरेको भन्दै महानगरले अनमुति बिना कक्षा सञ्चालन नगर्न सूचना जारी गरेको हो ।

‘कुनै प्रक्रिया र पूर्वाधार पनि छैन । अनलाइन कक्षाको नाममा नर्सरी, एलकेजीका विद्यार्थीलाई मानसिक तनाव पनि दिनुहँदैन,’ पोखरा महानगर शिक्षा शाखा प्रमुख गंगाबहादुर गुरुङले अनलाइनखबरसँग भने, ‘प्रक्रिया र पूर्वाधार नपुगेको कक्षाले विद्यार्थीलाई ज्ञान होइन झनै मानसिक तनाव थोपर्छ ।’

उनले कक्षा ९ भन्दा मुनीका कक्षाहरुमा अनलाइन क्लास सञ्चालन नगर्न आग्रह गरे । उनले एसईई र माथिल्लो कक्षाको हकमा भने कुनै रोकतोक नभएको सुनाए ।

गुरुङले अनलाइन कक्षा सञ्चालन गर्दा महानगरदेखि स्वीकृति लिएर मात्रै सञ्चालन गर्न आग्रह गरेका छन् । ‘महानगर नै भएपनि अहिले प्राय गाउँ फर्किएका छन् ।

सबै इन्टरनेटको पहुँचमा छैनन्,’ उनले भने, ‘अनलाइन कक्षा शःशुल्क हो कि निःशुल्क हो ? सबै खुलाएर महानगरसँग अनमुति लिन भनेका छौं ।’

प्रकाशित मिति: Apr 30, 2020

प्रतिक्रिया दिनुहोस्