Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनको मारमा वैदेशिक व्यापार !

कोरोना भाइरस (कोभिङ–१९) रोकथामका लागि सरकारले मुलुकमा लागाएको लकडाउनले वैदेशिक व्यापार मारमा परेको छ ।

लकडाउनले औद्योगिक कच्चा पदार्थको आयातमा ठुलो गिरावट आएको छ भने सवारी साधन तथा पेट्रोलियम पदार्थको आयातमा पनि कमी आएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महीनाको तथ्यांकले फागुनको तुलनामा चैत्र महीनामा आयाततर्फ ५० प्रतिशत भन्दा बढीले गिरावट आएको देखाएको छ, भने निर्यात पनि रु ६ अर्बले घटेको छ ।
विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको नौ महिना (साउनदेखि चैतसम्म) को अवधिमा नेपालको समग्र वैदेशिक व्यापार १० खर्ब ६१ अर्ब ३५ करोड रुपैयाँ बराबरको पुगेको छ ।

चैत महिनामा मात्र कुल ६२ अर्ब २० करोड २९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । तर, फागुन महिनामा भने वैदेशिक व्यापार एक खर्ब ३० अर्ब ५७ करोड रुपैयाँ बराबरको भएको थियो । तथ्यांक अनुसार चालु आवमा गत वर्षको यसै अवधिको तुलनामा समग्र वैदेशिक व्यापार ६.१९ प्रतिशतले कम भएको छ ।

चैतमा विशेषगरी तरकारी,चामल, औषधीहरु आएका छन भने प्लाष्टिक, आइरन तथा स्टीलहरु, पेट्रोलियम पदार्थ भित्रिएको देखिन्छ ।

प्रकाशित मिति: Apr 29, 2020

प्रतिक्रिया दिनुहोस्