Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना त्रासबीच बर्दियामा नियमित खोप सेवा शुरु

कोरोना भाइरसको त्रासका बीच बर्दियामा बालबालिकाका लागि नियमित खोप सेवा शुरु गरिएको छ ।

अत्यावश्यक तथा आधारभूत स्वास्थ्य सेवा रोक्न नमिल्ने भएका कारण सुरक्षा उपाय अवलम्बन गरी खोप प्रदान गरिएको कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

कार्यालयका अनुसार हालसम्म १३४ बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनानुसार जिल्ला जनस्वास्थ्य कार्यालयले यहाँका आठै स्थानीय तहमा नियमित खोप सेवा शुरु गरेको हो ।

यही वैशाख १९ गतेसम्म खोप सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Apr 29, 2020

प्रतिक्रिया दिनुहोस्