Logo
२३ बैशाख २०८१, आईतबार
(April 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहाड तिर खाने चामल पालिकाहरुले तराईमा बितरण गर्दा ‘प्लास्टिक’को भन्दै अफवाह

खासगरी पहाडी परिवेशमा बढी रुचाईएको चामल पालिकाहरुले राहतको रूपमा तराई-मधेशमा बितरण गर्दा गाउँ-घरमा प्लास्टिकको चामल भन्दै अफवाह उडाईएको पुष्टि भएको छ ।

तराई/मधेशमा प्रायः माँड पसाएर भात पकाउने परम्परा रहेको छ भने उसिना चामल बढी रुचाईन्छ तर पालिकाहरुले बितरण गरिएको चामल अरुवा परेपछि गाउँ-घरमा भ्रम सृजना भएको पुष्टि भएको हो ।

प्रदेश १ स्थित सुनसरीको देवानगंज, हरिनगर र कोशी गाँउपालिकामा राहत स्वरुप बितरण गरिएको चामलबारे यतिबेला विभिन्न अफवाह फैलिएको हो ।

देवानगंजका प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले उक्त चामल उच्च गुणस्तरीय रहेको तर पहाडी परिवेशका चामल मधेशी परिवेशमा बितरण हुँदा विभिन्न भ्रम सृजना भएको हुनसक्ने बताए ।

‘हामी सरकारी निकायले खाद्यान्न बिक्री-बितरण गर्ने सरकारी कम्पनी खाद्य संस्थान तथा ब्यापार कम्पनी लिमिटेडबाटै खरिद गर्नुपर्ने हुन्छ ।’ उनले नागरिक टाईम्ससँग भने ‘उक्त चामल पहाडी परिवेशमा बढी रुचाईन्छ तर मधेस परिवेशमा फरक पर्न गएछ। तर त्यो गुणस्तर हिन चामल भने होइन।’

निकै धेरै मात्रामा हामिलाई खाद्यान्न चाहिएको र खरिद गर्दा नियम आदिहरुका कारण पनि हामिले लोकल बजारबाट नकिनेर खाद्य संस्थानबाट एक मुष्ट किनेका हौं, संस्थानले १० प्रतिशत छुट पनि दिएको छ’ तर स्थानीयमा सधै खाईरहेको चामल भन्दा फरक चामल परेपछि विभिन्न भ्रम सृजना भएको उनले बताए ।

‘हामिहरु एक/एक किलो सोही चामल घरमा लगेर पकाएर समेत खायौं त्य्सपछी मात्र बितरण गरेका हौं’ उनले भने ‘प्लास्टिक आदिको चामल भनेर भ्रम सृजना भएको छ, केहिले जानी-जानी विभिन्न अफवाहहरु पनि फैलाएका छन् ।’ उनले भने -‘हामी खाद्य संस्थानसँग र गुणस्तर बिभागबाट समेत विभिन्न किसिमका चेक जाँच गराएका छौं उक्त चामल उच्च गुणस्तरको छ ।’

यता देवानगंज, हरिनगर, कोशी लगायतका पालिकाका स्थानीयले राहतमा पाएको चामलको गुणस्तरमा प्रश्न उठाएका छन् । हरिनगरका बासिन्दाले त झन पाएको चामल वडालाई नै फिर्ता गर्ने गरेका छन् ।

हरिनगरका पालिका अध्यक्ष गफार अन्सारीले सरकारी नियमका कारण आफूहरूले लोकल बजारबाट चमल किन्न नसकिएको स्वीकार गरेका छन् ।

सबै स्थानीय तहहरुले खाद्यान्न सामग्री सरकारी कम्पनीबाटै खरिद गर्न संघीय सरकारको निर्देशन बमोजिम खरिद गरिएको तर फरक परिवेशको चामलका कारण यस्तो स्थिती भएको उनले बताए ।

उनले भने ‘स्थानीय जनताको नजरमा हामी विचारा बनेका छौं, बदनाम भएका छौं । पालिकाले लापरबाही गरेको आरोप खेपिनु परेको छ ।’


प्रकाशित मिति: Apr 29, 2020

प्रतिक्रिया दिनुहोस्