Logo
२३ बैशाख २०८१, आईतबार
(April 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हरिनगर गाउँपालिकामा बाँडिएको चामल उच्च गुणस्तरीय : खाद्य प्राविधि तथा गुण नियन्त्रण बिभाग

प्रदेश १ स्थित सुनसरीको हरिनगर गाउँपालिकामा बाँडिएको चामल गुणस्तरीय हिन नरहेको खाद्य प्राविधि तथा गुण नियन्त्रण बिभागले प्रष्ट पारेको छ ।

बिभागले प्लास्टिकको चामल भनी फैलाईएको हल्लापनी निराधार रहेको जनाएको छ ।

राहातमा बाडीएको चामल खाँदा स्थानीय वासिन्दाहरु बिरामि पर्न थालेको भन्दै स्थानीयले चमल वडा कार्यलयमा फिर्ता गर्न थालेका थिए ।

प्लास्टिकको चामल बितरण गरिएको स्थानीय वासिन्दाहरूले घरायसी चामल देख्दा हुवहु मिल्नाले तर भात पकाउँदा रबडको डल्लो जस्तो आकारमा परिणत हुने गरिएको आरोप लगाएका थिए ।

अध्यक्ष गफार अन्सारीले बितरण गरिएको चामलको गुणस्तर माथी प्रश्न उठेपछि आफूले परिक्षण गराएको बताए ।

जनतामा अफुवा उडाउनेलाई छानबीन गरी कानुनी कारवाही गरिने उनले दावी गरे । उनले जनतालाइ भ्रममा नपर्न आग्रह गरेका छन् ।

चामलमा पौष्टिक तत्व पाउने भएकोले प्रत्येक पालीकामा यही चामल बितरण गरिएको खाद्य संस्थानका देवेन्द्र राइले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Apr 28, 2020

प्रतिक्रिया दिनुहोस्