Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा कोरोनाबाट ९ सय ३४ जनाको मृत्यु, २९ हजार ४ सयभन्दा बढी संक्रमित

पछिल्लो समयमा भारतमा पनि कोरोना भाइरस तिब्र गतिमा फैलिरहेको छ । सो भाइरसबाट अहिले सम्म ज्यान गुमाउनेको संख्या ९ सय ३४ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा थप ६२ जनाको मृत्यु भइ ९ सय ३४ पुगेको हो ।

साथै संक्रमितको संख्या पनि २९ हजार ४ सय ३५ पुगेको छ । अघिल्लो दिनको तुलनामा भारत समग्र संक्रमितको संख्या पनि १ हजार ६ सयभन्दा धेरै बढेको छ ।

भारतको महाराष्ट्र कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको छ । अहिलेसम्म महाराष्ट्रमा ३ सय ६९ जनाको मृत्यु भइसकेको छ भने ८ हजार ५ सय ९० जना संक्रमित छन् ।

त्यस्तै गुजरातमा अहिलेसम्म १ सय ६२ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि १ सय १० जनाको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशमा अहिलेसम्म १ हजार ९ सय ५५ जनामा यो भाइरसको संक्रमण देखिँदा ३१ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै बिहारमा ३ सय ४५ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ६ हजार ८ सय ६९ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति: Apr 28, 2020

प्रतिक्रिया दिनुहोस्