Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा तेज गतिमा कोरोना फैलिदैँ, संक्रमितको सख्या २७ हजार ८ सय नाघ्यो

भारतमा यतिबेला कोरोना संक्रमण तिब्रगतिमा फैलिरहेको अवस्थामा कोरोना संक्रमित संख्या २७ हजार आठ सय ९२ पुग्यो । सो कोरोनाबाट ८ सय ७२ जनाको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या २७ हजार आठ सय ९२ पुगेको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय ७२ पुगेको छ । कोरोना भाइरस बाट पछिल्लो २४ घण्टामा ४८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा करिब १ हजार ४ सय नयाँ संक्रमित थपिएका छन् । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण ३४२ जना मानिसको मृत्यु भइसकेको छ भने आठ हजार ६८ जना संक्रमित भइसकेका छन् ।

भारतको उत्तर प्रदेशमा अहिलेसम्म एक हजार आठ सय ६८ जनामा यो भाइरसको संक्रमण देखिँदा २९ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै गुजरातमा अहिलेसम्म एक सय ५१ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि एक सय तीन जनाको मृत्यु भएको छ ।

त्यस्तै बिहारमा दुई सय ७४ जनामा यो भाइरसको संक्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ ।  अहिलेसम्म भारतमा ६ हजार एक सय ८५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति: Apr 27, 2020

प्रतिक्रिया दिनुहोस्