Logo
१० जेष्ठ २०८१, बिहीबार
(April 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको जम्मा संक्रमितको संख्या पुग्यो ५२, झापाका ५० वर्षीय पुरुषमा संक्रमण पुष्टि

प्रदेश १ स्थित आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

उनी अस्पतालको सम्पर्कमा रहेको र स्वस्थ रहेको विज्ञप्तिमा जनाइएको छ । यसका साथै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

आइतबार नै वीरगन्जका दुईजना पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो । १६ जना संक्रमित भने निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति: Apr 26, 2020

प्रतिक्रिया दिनुहोस्