Logo
३ असार २०८१, आईतबार
(May 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुरे दोहनको समस्या सुनाउन २५ दिन हिँडेर काठमाडौं आइपुगे मधेशवासी

१० जेठ, काठमाडौं । चुरेक्षेत्र संरक्षणसहित १२ बुँदे माग बोकेर सप्तरीदेखि पैदल यात्रा हिँडेको २३ जनाको टोली २५ औं दिनमा आज काठमाडौं आइपुगेको छ । उनीहरु वैशाख १७ देखि निरन्तर पैदलयात्रामा छन् ।

चुरे अतिक्रमण र दोहनले खानेपानीका स्रोत सुक्दै जाँदा आफूहरु काकाकुल हुनु परेको चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादव जानकारी दिए ।

‘हाम्रो पहिलो माग नै चुरे र त्यहाँको वन जोगाउनुपर्‍यो भन्ने हो । अहिले दोहन र अतिक्रमणले गर्दा सबै पानीको स्रोत सुक्यो’, उनले  भने ।

चुरेमा भूमिहीनका नाममा भूमाफियाहरुले कब्जा गरिरहेको र त्यसको मार आफूहरुले खेप्नु परेको यादवको भनाइ छ । ‘त्यो जग्गा सबै फिर्ता भएर वास्तविक भूमिहीन पहिचान गर्नुपर्‍यो । त्यसबाहेक त्यहाँ खुला चरिचरण, डढेलो नियन्त्रण गर्नुपर्‍यो’, उनले भने ।

पैदल यात्रामा सहभागीहरूले प्लास्टिक र टिनको भाँडोमा ‘पानीका लागि रुख बचाऊँ, पानी दे सरकार, चुरे र वनको संरक्षण गर’लगायतका नारा उल्लेख गरेका छन् । यादवले आफूहरु १२ बुँदे माग बोकेर काठमाडौं आएको सुनाए ।

अघिल्लो वर्ष पनि यही माग बोकेर ११ दिन हिँडेर काठमाडौं आएर सहमति गरेको तर सरकारले सहमति पालना नगरेपछि आफूहरु फेरि आन्दोलित हुनुपरेको यादवले बताए । ‘हामीहरु २३ औं दिनमा चन्द्रागिरि आइपुगेका थियौं । कतिपय साथीहरुको खुट्टा पूरै सुन्निइसकेको छ । त्यहाँ केही आराम गरेपछि फेरि हिँड्न सुरु गर्‍यौं’, उनले भने ।

प्रकाशित मिति: May 23, 2024

प्रतिक्रिया दिनुहोस्