Logo
१९ बैशाख २०८१, बुधबार
(April 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पश्चिमी वायुको प्रभावसँगै आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने

पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले आजपनि देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

महाशाखाका अनुसार आज देशभरी कै मौसम सामान्य बदली भई पश्चिमका केही तथा मध्य र पूर्वका थेरै ठाउँमा मेघगर्जन र हावाहुरी सहित वर्षाको सम्भावना छ ।

यसकै प्रभावले अहिले मध्य र पूर्वका केही ठाउँमा पानी परिरहेको र पहाडी क्षेत्रको मौसम बदली भई अरु ठाउँको मौसम खुल्दै बादल लागिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज राती पनि केहि ठाउँमा पानी पर्ने सम्भावना छ । यसैगरी आइतबार र सोमबार पनि देशका केही ठाउँमा मेघगर्जन, हुरीबतास र असिनासहित पानी पर्ने महाशाखाले पुर्वानुमान गरेको छ ।

प्रकाशित मिति: Apr 25, 2020

प्रतिक्रिया दिनुहोस्