Logo
४ जेष्ठ २०८१, शुक्रबार
(April 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकास समितिद्वारा कोरोना नियन्त्रणमा मात्रै ध्यान दिन सरकारलाई निर्देशन

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको जोखिम रहेका बेला राष्ट्रिय सभाको दिगो विकास समितिले कोरोना महामारी नियन्त्रणमा ध्यान नदिन सरकारलाई समितिले निर्देशन गरेको छ ।

अहिलेको समयमा सबै एकजुट भएर काम गर्नुबाहेक अन्य विकल्प नभएको समिति सभापति तारादेवी भट्टले बताए । संविधान र जनताको इच्छाविपरित जाने अधिकार कसैलाई पनि नभएको उल्लेख गर्दै समिति सभापति भट्टले सरकारलाई कोरोना नियन्त्रणमा मात्रै ध्यान केन्द्रित गर्न निर्देशन दिए ।

उनले भने, ‘एकजुट भएर काम गर्ने बेला हो । यसको अरु विकल्प नै छैन । यस्तो बेलामा गुट, टुटफुटको अवस्था हुनुहुँदैन भन्ने ध्यानाकर्षण गराउँछु ।

संविधानको मर्म र जनताको इच्छाविपरित जाने अधिकार कसैलाई पनि छैन भन्ने कुरामा सरकारको ध्यानाकर्षण पनि गराउँछु ।’

शुक्रबार बसेको समिति बैठकमा सांसद दीनानाथ शर्माले सीमानामा रहेका नागरिकहरुलाई सुरक्षित रुपमा देश भित्र्याउन माग गरे ।

जनताको भोट र नोट (रोमिट्यान्स) लिने सरकारले उनीहरुको जीवनमाथि खेलवाड गर्न नहुने बताए । समितिले सुदूरपश्चिमका विकट जिल्लाहरुमा किटको अभाव भएको, स्वास्थ्यकर्मीहरुका लागि अति आवश्यक स्वास्थ्य सामग्रीको अभाव भएको बताएको छ ।

सरकारले सुदूरपश्चिममा ३३ जना चिकित्सकहरु पठाएपनि बाजुरामा एक जना चिकित्सक पनि नपुगेको प्रति समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

यो भन्दा पहिले बाजुराका विकट गाउँपालिकामा नियुक्ति लिएका चिकित्सकपनि त्यहाँ जान नमानेको प्रति समितिले सरकारको ध्यानाकर्षण गराएको हो ।

प्रकाशित मिति: Apr 24, 2020

प्रतिक्रिया दिनुहोस्