Logo
५ जेष्ठ २०८१, शनिबार
(April 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोजपुरमा कोरोना सङ्क्रमित भेटिएपछि प्रवेश नाकामा कडाइ, हतुवागढी गाउँपालिका सिल

पछिल्लो समय प्रदेश नं १ कोरोनाको इपिसेन्टर बन्दैगइरहेको अवस्थामा भोजपुरमा पनि कोरोना संक्रमित भेटिएपछि सुरक्षा कडाइ बनाइएको छ ।

सो भोजपुरको हतुवागढी गाउँपांलिकामा पनि कोरोना सङ्क्रमित भेटिएपछि गाउँपालिकालाई ‘सिल गरिएको हो ।

हतुवागढी गाउँपालिका-६ होम्ताङ्गका २६ वर्षीय युवकमा कोरोना सङ्क्रमण पाइएपछि गाउँपालिकामा प्रवेश गर्न र त्यहाँबाट बाहिर जान पूर्ण रूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय भोजपुरमा बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले धनकुटा, उदयपुर, खोटाङ र संखुवासभाबाट जिल्लामा प्रवेश गर्ने सबै नाकाहरूमा थप सुरक्षाकर्मी परिचालन गरेर कडाइ गर्ने निर्णय समेत गरेको प्रमुख जिल्ला अधिकारी पुरीले बताए ।

३० फागुनमा साउदी अरबबाट काठमाडौं हुँदै होम्ताङ्गमा रहेको घर आइपुगेका ती युवाको ‘ट्राभल हिस्ट्रि’ र ‘कन्ट्याक्ट ट्रेसिङ’ को आधारमा परीक्षणको दायरा बढाउनेबारे पनि छलफल भएको छ ।

अहिले घोडेटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा भर्ना गरिएका ती युवकलाई गाउँपालिकासँग समन्वय गरी आज नै एम्बुलेन्समा विराटनगरमा रहेको कोशी अस्पताल पठाइने प्रमुख जिल्ला अधिकारी पुरीले बताए ।

उनका परिवारका सदस्य र सम्पर्कमा रहेकाहरू र वरपरको क्षेत्रमा कोभिड-१९ परीक्षणको लागि विज्ञ चिकित्सकसहित आरडीटी किट, पीपीई सेट, स्यानिटाइजर, एन-९५ मास्कलगायतका स्वास्थ्य सामग्री प्रदेश १ सरकारसँग माग गर्ने पनि बैठकले निर्णय गरेको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय भोजपुरमा बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले धनकुटा, उदयपुर, खोटाङ र संखुवासभाबाट जिल्लामा प्रवेश गर्ने सबै नाकाहरूमा थप सुरक्षाकर्मी परिचालन गरेर कडाइ गर्ने निर्णय समेत गरेको प्रमुख जिल्ला अधिकारी पुरीले बताए ।

प्रकाशित मिति: Apr 24, 2020

प्रतिक्रिया दिनुहोस्