Logo
५ जेष्ठ २०८१, शनिबार
(April 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बर्दियाका सीमा क्षेत्रमा थप कडाइ, मुख्य चोकमा सेना परिचालन

नेपाल-भारत सीमामा पर्ने बर्दिया जिल्लासँग जोडिएको बहराइचमा एक जना नेपालीसहित ८ जनामा कोरोना भाइरस को सङ्क्रमण पुष्टि भएपछि सीमा क्षेत्रमा उच्च सतर्क रहन सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ

बर्दियाको छिमेकी जिल्ला भारतको बहराइचमा ८ जनामध्ये भारत लखनउको कानपुरमा काम गर्ने ठाकुरबाबा २ सुजनपुरका एक जना र राजापुर, मधुवन नगरपालिका आसपासमा काम गर्ने दुई जना भारतीय नागरिकमा कोरोना पुष्टि भएको बताइएको छ ।

भारतको बहराइचमा बिहीबार दिउँसो कोरोना सङ्क्रमण पुष्टि भएका एक जना नेपाली बर्दिया ठाकुरबाबा नगरपालिकाका रहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।

भारतसँग सीमा जोडिएको सीमा क्षेत्रमा उच्च सतर्क रहन सुरक्षाकर्मीलाई निर्देशन दिइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

ठाकुरबाबा नगरपालिकाका उनी भारतको कानपुरबाट घर आउने क्रममा बहराइचको क्वरेण्टीनमा राखेर कोरोना भाइरस परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

यस्तै आठ जनामध्ये दुई जना भारतीय नागरिक मधुवन नगरपालिका र राजापुर नगरपालिका कोठियाघाटबाट हिँडेर भारतको बिछिया हुँदै बहराइच पुगेपछि उनिहरुलाई क्वारेन्टाइनमा राखिएको बहराइचबाट आफ्ना आफन्तले जानकारी गराएको ठाकुरबाबा स्वास्थ्य शाखाका डा. कुलदीप यादवले बताए ।

कोरोना पोजेटिभ पुष्टि भएका व्यक्तिसँग भारतको बहराइमासँगै बस्दै आएका उनका भाइ एक महिनाअघि सुजनपुर आएकाले उनको आरडीटी र स्वाब परीक्षण गरिएको ठाकुरबाबा नगरपालिकाका प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउन बिहीबार बेलुकादेखि बर्दियामा थप कडाइ गरिएको छ ।

शुक्रबार बिहानैदेखि बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका मुख्य बजार, चोक र गाउँमा नेपाली सेना पनि खटिएको छ ।

सुजनपुर गाउँ आसपासमा प्रहरी परिचालन गरी गाउँ सिल गरिएको छ । स्थानीय एफएम, रेडियो र इलाका प्रहरी कार्यालयले माइकिङ पनि गरिरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक ९इन्सपेक्टर० वसन्त पाण्डेले बताए ।

यस्तै अहिलेदेखि सङ्क्रमित युवाको घरसँगै सुजनपुर र खुलपुर पूरै गाउँ लक गरिएको छ । अर्को सुचना नआएसम्मका लागि शुक्रबारदेखि ठाकुरबाबा नगरभित्र मेडिकलबाहेक अन्य सबै पसलहरु आकस्मिक निर्णय गरेर बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

ती पुरुषको आरडीटी र स्वाब परिक्षणको रिपोर्ट नआउँदासम्मका लागि वडा नम्बर २ को सुजनपुर र खुलपुर गाउँ सिल गरी आउजाउ बन्द गरिएको छ ।

अर्को सूचना नआउञ्जेल मेडिकलबाहेकका सबै पसलहरु पनि बन्द गर्ने निर्णय गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए ।

मधुवन र राजापुरसहित बर्दिया जिल्लाभरिका सम्पूर्ण पालिकाहरुले उच्च सतर्कता अपनाएर लकडाउनको पालना गराउन र सम्भावित क्वरेण्टीन स्थल तथा व्यक्तिको कोरोना परीक्षणमा पहल गर्न आवश्यक देखिन्छ ।

 

प्रकाशित मिति: Apr 24, 2020

प्रतिक्रिया दिनुहोस्