Logo
२० बैशाख २०८१, बिहीबार
(April 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलो पटक देखियो न्युयोर्कमा २ घर पालुवा बिरालोमा कोरोना सङ्क्रमण

पछिल्लो समयमा कोरोना भाइरसले माहामारीको रुपलिएर विश्वलाई नै आतंकीत बनाइरहेको अवस्थामा अमेरिकाको न्युयोर्कमा २ वटा बिरालोमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सङ्घीय अधिकारीहरुका अनुसार अमेरिकामा घरमा पालिएको बिरालोमा कोरोना भाइरसको सङ्क्रमण पाइएको यो पहिलो घटना हो ।

सास फेर्न समस्या भएपछि गरिएको परीक्षणमा दुई वटा बिरालोमा कोरोना भएको पाइएको बीबीसीले जनाएको छ ।

ती २ बिरालोमा कोरोना सङ्क्रमण मानिसबाट नै सरेको आशङ्का गरिएको छ । यसअघि न्युयोर्कको चिडियाघरमा रहेको बाघमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

अमेरिकी अधिकारीहरुका अनुसार जनावर मानिसबाट सङ्क्रमित हुनसक्ने तर अहिलेसम्म पालिएको जनावरबाट मानिसमा सङ्क्रमण सर्ने सङ्केत पत्ता लागेको छैन ।

प्रकाशित मिति: Apr 23, 2020

प्रतिक्रिया दिनुहोस्