Logo
६ जेष्ठ २०८१, आईतबार
(April 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सपा फुटाउन अज्ञात समूह असफल : राजपा-सपाको एकताको निवेदन दर्ता [फोटोफिचर]

एकताको दस्तावेज सहित राष्ट्रिय जनता पार्टी र समाजवादी जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दर्ता गराएको छ।

योसंगै राजपा र समाजवादी फुटाउन लागि परेको एउटा अज्ञात समुहको प्रयास असफल भएको छ । यद्यपि राजपा र सपाका नेताहरुले सरकारले नै पार्टी फुटाउने कार्य गराईरहेको बताईरहेका छन् ।

बिहान ११ बजे १६ मिनेटमा दुई दलबीच एकताका लागि भएको सहमति पत्र दर्ता गराइएको राजपाका प्रवक्ता केशव झाले जानकरी दिए।
‘हामीले सहमति पत्र सहितको निवेदन दिएका छौँ। हामीले १३८८ नम्बरको दर्ता पाएका छौँ’, झाले भने, ‘अन्य कागजात हामी लकडाउनपछि बुझाउँछौँ।’

राजपा र समाजवादी पार्टीबीच बुधबार अबेर पार्टी एकीकरणको सहमति भएको थियो। अब एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टै हुनेछ। त्यस्तै झण्डा मसाल अंकित यसअघीको समाजवादीको हुनेछ भने चुनाव चिह्न राजपाको छाता हुनेछ।

दर्ताका लागि आयोगमा बुझाइएको निवेदनमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारी र समाजवादीका तर्फबाट उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।

आयोगमा एकताका लागि शरतसिंह भण्डारी र उपेन्द्र यादवको हस्ताक्षरित निवेदन परेको छ ।
निवेदनका आधारमा निर्वाचन आयोगले कागजात अध्ययन गरी पछि आवश्यक निर्णय गर्नेछ ।

फोटोफिचर :

 

प्रकाशित मिति: Apr 23, 2020

प्रतिक्रिया दिनुहोस्