Logo
२० बैशाख २०८१, बिहीबार
(April 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी राज्यद्वारा नियतवश कोरोना भाइरस फैलाएको भन्दै चीनविरुद्ध मुद्दा दायर

बर्तमान समयमा कोरोना भाइरसले विश्वलाई नै आतंकीत बनाइरहेको बेलामा अमेरिकाको मिसौरी राज्यले चीनले नियतवश कोरोना भाइरसको संक्रमण फैलाएको आरोप लगाउँदै चीनविरुद्ध मुद्दा दायर गरेको छ ।

अमेरिका र चीनको बीचमा यो महामारीको जिम्मेवारीको विषयमा विवाद जारी रहेकै समयमा अमेरिकी राज्यले चीनविरुद्ध मुद्दा दायर गरेको हो।

मिसौरीका महान्यायाधिवक्ता एरिक स्मिटले मंगलबार अमेरिकाकै अदालतमा चीनविरुद्ध मुद्दा दायर गरेका हुन् ।

मंगलबार दायर गरिएको मुद्दामा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र अन्य चिनियाँ अधिकारी तथा संस्थाहरूलाई विपक्षी बनाइएको छ ।

सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले यो महामारी नियन्त्रणको लागि निकै राम्रो काम गरिरहेको बताउँदै आएका थिए।

तर, अमेरिकामा यो महामारी फैलिँदै गएसँगै उनले यसका लागि चीन जिम्मेवार रहेको संकेत गर्दै आएका छन् । यसैबीचमा मिसौरीले चीनमाथि मुद्दा दायर गरेको हो ।

चीन सरकारले यो भाइरसको जोखिम तथा यसको प्रकृतिबारे विश्वासलाई समयमा नै जानकारी नदिएको पनि मुद्दामा उल्लेख गरिएको छ ।

मिसौरीले दायर गरेको मुद्दामा यो भाइरस नियन्त्रणको लागि चीनले आवश्यक कदम नचालेको र यसको कारण मिसौरीका बासिन्दाहरू अर्बौँ डलरको क्षति सहन बाध्य भएको उल्लेख छ ।

 

प्रकाशित मिति: Apr 22, 2020

प्रतिक्रिया दिनुहोस्