Logo
२९ बैशाख २०८१, शनिबार
(April 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी १९ एसपीहरु एसएसपीका लागि बढुवा सिफारिस

नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक(एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवामा सिफारिस भएका छन् ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले मंगलबार १९ जनालाई बढुवा सिफारिस गरेको हो ।

बैठकले वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुबहादुर केसी, भरतबहादुर बोहरा, कुवेर कडायत, केदार ढकालको नाम सिफारिस गरेको छ ।

त्यस्तै, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेश बाँस्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञमणि पोखरेल, हृदय थापा, राजकुमार बैदवार, मुकेश सिंह र चन्द्रकुवेर खापुङ पनि सिफारिस भएका छन् ।

बढुवामा केही सिनियरलाई छुटाएर जुनियरलाई राखिएको भन्दै आलोचना भएको छ । चक्रबहादुर सिंह, सुरेन्द्र मैनाली, कृष्णकुमार महत लगायत छुटेका छन् ।

जुनियर एसपी चन्द्रकुवेर खापुङलाई बढुवा सिफारिस गरिएको छ । बढुवा सिफारिसउपर एक साताभित्र उजुरी गर्न सक्ने प्रावधान छ ।

प्रकाशित मिति: Apr 21, 2020

प्रतिक्रिया दिनुहोस्