Logo
२० बैशाख २०८१, बिहीबार
(April 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डब्ल्यूएचओद्वारा स्थिति अनुसार बिस्तारै चरणगत रुपमा लकडाउन हटाउन सुझाव

पछिल्लो समयमा विश्वमुलुक नै कोरोनाले गर्दा थलापरिरहेको अवस्थामा विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन लगाइएको प्रतिबन्ध र लकडाउन एकैपटक नभइ बिस्तारै हटाउँदै जानुपर्ने बताएको छ ।

विश्वका विभिन्न देशहरु आफूखुसी लकडाउन हटाउने निष्कर्षमा पुगेको सन्दर्भमा विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिँदै चरणगत रुपमा लकडाउन हटाउन सुझाव दिएको हो ।

कतिपय देशले त आंशिक रुपमा प्रतिबन्ध हटाइसकेका छन् ।मङ्गलबार विश्व स्वास्थ्य सङ्गठनले हतार र सही समयअघि नै लकडाउन हटाइए कोरोना भाइरसको सङ्क्रमण थप फैलिन सक्ने भन्दै सचेत गराएको हो ।

सङ्गठनका क्षेत्रीय निर्देशक (पश्चिमी–प्रशान्त) ताकेशी कसाईले भने, ‘जबसम्म कुनै खोप बन्दैन या कुनै उपचारको पहिचान हुँदैन, लकडाउन हाम्रो लागि ‘न्यु नर्मल’ हुनुपर्छ किनकि यसबाट फाइदा भएको प्रमाण पनि भेटिएको छ ।’

‘जो कुनै सरकार लकडाउन हटाउन चाहन्छ भने बिस्तारै चरणगत रुपमा हटाउँदै स्थितिलाई पनि ध्यान दिनुपर्छ’, उनले भने ।

जापान र सिङ्गापुर जस्ता देशका कोरोना भाइरस सङ्क्रमणको दोस्रो चरणको अवस्था देखिएको छ ।

प्रकाशित मिति: Apr 21, 2020

प्रतिक्रिया दिनुहोस्