Logo
१९ बैशाख २०८१, बुधबार
(April 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना अपडेट : १ लाख ७० हजारको मृत्यु, २४ लाख ७८ हजारभन्दा धेरै संक्रमित

अहिलेको पछिल्लो समयमा विश्वलाईनै कोरोना माहामारीले थलापारीरहेको अवस्थामा कोरोनाबाट १ लाख ७० हजार भन्दा धेरैको मृत्यु भएको छ भने २४ लाख ७८ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

विश्वका २ सय १० देशमा फैलिसकेको छ । १६ लाख ६२ हजारभन्दा धेरैको उपचार चलिरहेको छ भने जसमध्ये ६ लाख ४५ हजार ७ सय २७ जना निको भएका छन् ।

जसमध्ये ५६ हजार ७ सय २० जना गम्भीर अवस्थामा रहेका र बाँकी १६ लाख ५ हजार भन्दा धेरैको अवस्था सामान्य रहेको वल्डओमिटरले जनाएको छ ।

यूरोपमा मात्र मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । ११ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । ३ लाख २१ हजार जना निको भएका छन् ।

यूरोपपछि उत्तर अमेरिका प्रभावित छ । त्यहाँ ८ लाख ५० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएकोमा संयुक्त राज्य अमेरिकामा सबैभन्दा धेरै ७ लाख ९१ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ, ४२ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

त्यहाँ गएको २४ घण्टामा १९ सय भन्दा धेरैको मृत्यु भएको छ।उत्तर अमेरिकामा अहिलेसम्म ८८ हजारभन्दा धेरै निको भएका छन् ।

स्पेनमा मात्रै २ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने साढे २० हजार भन्दा धेरैको ज्यान गएको छ । यस्तै इटालीमा २४ हजारभन्दा धेरैको मृत्यु भएको छ।

१ लाख ८१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यसैगरी फ्रान्समा पनि २० हजारभन्दा धेरैको मृत्यु भएको छ।

यसैगरी एसियामा अहिलेसम्म ३ लाख ९५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । १ लाख ८६ हजार निको भएका छन् भने १५ लाख १ सय ५ जनाको मृत्यु भएको छ ।

एसियामा सबैभन्दा धेरै संक्रमित टर्कीमा छन् । त्यहाँ ९० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २१ सय भन्दा धेरैको मृत्यु भएको छ।

यसैगरी इरानमा ५२ सय भन्दा धेरैको ज्यान गएको छ भने ८३ हजार ५ सय भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: Apr 21, 2020

प्रतिक्रिया दिनुहोस्