Logo
२९ बैशाख २०८१, शनिबार
(April 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा छुट भएका ३७०१ जनालाई राहत वितरण

दुहबीमा छुट भएका ३७०१ जनालाई राहत वितरण सुरु गरिएको छ ।
दुहबीको सबै वडाका भाडामा बस्ने संगठित मजदुर तथा छुट भएकाहरु ३७०१ जनाले आज देखि राहत पाउने दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले जनाएका छन् ।

कोरोना भाईरसको फैलिँदो सङक्रमण र बढदो जोखिमबाट जोगिन बढाइएको लकडाउनमा भाडामा बस्ने संगठित मजदुर र छुट भएका बिपन्न परिवारहरुकालागी दुहबी नगरपालिकाले खाद्यान्न वितरण गर्न सुरु गरेको हो ।

प्रत्येक वडा कार्यालयहरुबाट गरिएको लगत संकलन अनुसार दोस्रो चरणमा दुहबीका कुल ३७०१ घरपरिवार्लाइ २० किलो चामल, १ किलो दाल,१ लिटर तेल, १ केजि नुन राहत वितरण गर्न सुरु गरिएको जनाइएको छ ।

दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले दुहबी नगर पालिकाको १२ ओटै वडाका ८९०७ जनालाई राहत वितरण गरिएको जानकारी दिदै छुट रहेका भाडामा बस्ने संगठित असंगठित मजदुरहरु,बिपन्न बर्गकाहरुको लगत संकलन गर्न वडाअध्यक्षहरुलाई निर्देशन दिए अनुसार आज देखि ३७०१ जनाले राहत पाउने बताए । यसैगरी दुहबीका बिपन्न तथा मजदुरहरुलाई सहयोग गर्ने उदेश्यले दुहबी ६ मा रहेको एसियन लेदर इण्डष्ट्रिज प्रा.लि. ले आजै दुहबी नगरपालिकाको राहत कोषमा रु. ५१ हजार सहयोग गरेको नगर प्रमुख गच्छदारले बताए ।

प्रकाशित मिति: Apr 20, 2020

प्रतिक्रिया दिनुहोस्