Logo
२९ बैशाख २०८१, शनिबार
(April 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा अपराधै अपराध : छोराद्वारा बुवाको हत्या, वुवाद्वारा छोरीको हत्या, युवाको शव फेला

प्रदेश २ मा छाडातन्त्र यति मौलाएको छ की लकडाउन अवधीमा समेत अपराध रोकिएको छैन । कहिँ छोराद्वारा बुवाको हत्या गरिएको छ भने कहिँ वुवाद्वारा छोरीको हत्या भएको छ । र कहिँ युवाको शव फेला परेको छ ।

आपसी विवादमा छोराले गरे बुवाको हत्या
धनुषामा आइतबार राती छोराले बुवालाई रड प्रहार गरी हत्या गरेको हो। धनुषाको सहिदनगर नगरपालिका ९ बिर्ता मसहरी टोलमा बुवा छोराको समान्य विवादमा झगडा हुँदा रिसको झोकमा छोराको रड प्रहारबाट बुवाको मृत्यु भएको छ ।

५५ वर्षीय सुखिया सदासधै झैं काम गरेर फर्किएको विषयमा छोरासँग भनाभन हुँदा ३० वर्षीय नथुनी सदाले रड प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ ।

प्रहरीका अनुसार लकडाउनको बेला खेतमा काम गर्न वुवाले सुखियाले छोरा नथुनीलाई अह्राएपनि काम नगरी कनै सधै पैसा माग्ने गरेको विवादको क्रममा रड प्रहार गरेको थियो ।

प्रहरी निरीक्षक दिपकबाबु केसीले भने, ‘बुवा सुखियासँग छोरा नथुनीले सधैं पैसा मागी रहने बानी रहेछ, बुवाले चाँही कामै नगरी तलाई किन चाहियो पैसा भन्दै विवादमा लठ्ठी प्रहार गरेर बाहिर निस्के लगत्तै नथुनी पनि झोंकमा आएर पछाडिबाट प्रहार गरेको रडले मृत्यु भयो ।’

उनीहरु बुवा छोराको पहिलो चरणमा समेत विवाद भएर गाउँ डुलेर फर्किपछि दोश्रो चरणमो विवादमा रडले हानेर हत्या भएको प्रहरीले खुलाएको छ।

आइतबार राति १० बजेको हत्यापछि भागेका नथुनीलाई सोमबार बिहान ३ बजे लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ ।

वीरगन्जमा एक युवाको शव फेला
यसैबीच वीरगन्जमा एक युवकको विभत्स तरिकाले हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २५ मौजेसिर्सिया टोलका २६ वर्षीय रवि पटेलको हत्या गरी फालिएको अवस्थामा सोमबार विहान शव फेला परेको हो ।

सिर्सिया सुख्खा बन्दरगाहाको पुर्वपट्टि रहेको मौजेसिर्सिया टोलमै पर्ने टाउन प्लानिङको प्लटिङमा पटेलको शव फेला परेको हो ।

सोमबार बिहान शौच गर्न निस्किएका स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक पटेलको मुख, हात र खुट्टामा गम्भीर चोट लागेको छ भने उनको घाँटी समेत कपडाले कस्सिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

पटेलको कसैले हत्या गरी शव फालेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

मृतक पटेलका बुबा मनोज पटेलका अनुसार आइतबार राती खाना खाएपछि पटेल जलजीरा (पाचक) किन्न भनेर घरबाट निस्किएका थिए ।

घर नफर्किएका पटेल सोमबार बिहान प्लटिङमा मृत अवस्थामा फेला परेको बुवा मनोजले बताए ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाइ पटेलको शव पोष्टमार्टमको लागि वीरगन्जको नारायणी अस्पतालमा पठाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए ।

रौतहटमा युवकको हत्या
यसैबीच रौतहट जिल्लाको कटहरियामा गएराति एक युवकको हत्या भएको खबर छ ।

कटहरिया नगरपालिका-१ हनुमान टोलका २५ वर्षीय सञ्जीव यादवको एउटा भिडद्वरा निर्घात कुटपिट गरी हत्या गरिएको बताईएको छ ।

छोरीको हत्या
यसैबीच वीरगंज नगरपालिका १ का १९ वर्षीय संजयकुमार साहले ४ वर्षीया छोरीको गला दबाएर हत्या घट्ना बाहिरिएको छ ।

साहकी ७ वर्षीया छोरी अंशुकुमारी सर्राफ, जसलाई संजय सराफ भनेर चिनिन्छ, घरमा खेलिरहेको थियो।

तर उनी घरबाट बाहिर निस्कन चाहन्थिन्।  यसको लागि उनी आफ्नो बुबालाई जिद्दी गर्दै थिइन्।

बुवाले सोही रिषमा छोरीलाई हत्या गरे समाचारमा दावी गरिएको छ । प्रहरीले यसबारे अध्ययन भईरहेको बताएको छ ।

प्रकाशित मिति: Apr 20, 2020

प्रतिक्रिया दिनुहोस्