Logo
१७ बैशाख २०८१, सोमबार
(April 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेती प्रादेशिक अस्पतालमा उपचाररत अर्का कोरोना बिरामी निको भए, आजै डिस्चार्ज गरिने

पछिल्लो समयमा कोरोना संक्रमण बढीरहेको अवस्थामा हाल ३ जना कोरोना सङ्क्रमित उपचारपछि निको भइ घर र्फकिएका छन् । सो सुदरपश्चिम प्रदेश स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत अर्का कोरोना सङ्क्रमित पनि उपचारपछि निको भएका छन् ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक पुरुषको पछिल्लो रिपोर्ट नेगेटिभ आएको र उनी स्वस्थ्य भएर आजै डिस्चार्ज हुन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित ४ जना उपचारपछि निको भएका छन् ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सेती प्रादेशिक अस्पतालमा उपचाररत एक पुरुषलाई डिस्चार्जको तयारी भएको जानकारी दिएका छन् ।

अहिले सङ्क्रमित ३१ जना मध्ये टेकु अस्पतालमा १ जना, पाटन, भरतपुर र बाग्लुङमा २/२, सेती प्रादेशिक अस्पताल धनगढीमा ४, वीरगन्जमा ४ र विराटनगरमा १३ जनाको उपचार भइरहेको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Apr 19, 2020

प्रतिक्रिया दिनुहोस्