Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउनको सदुपयोग गर्दै सुरु भयो गौशला–चावहिल सडक निर्माणको काम

नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि देशै भरि लकडाउन लगाइरहेको अवस्थामा यतिबेला भने काठमाण्डौमा विभिन्न सडक निर्माण कार्य भइरहेको छ ।

सो लामो समय देखि अस्तव्यस्त रहेको गौशाला चावहिल सडक निर्माण कार्य पनि यतिबेला सुरु भएको छ । पुराना पाइप हटाइएको र सडकको बीचमा नभइ सडकको छेउबाट पाइप लैजाने काम भएको विभागको दाबी छ ।

खानेपानीका पाइप सडकको बीच भागमुनि रहँदा पटक पटक भत्काउनुपर्ने बाध्यतालाई सधैँका लागि अन्त्य गर्दै काम थालिएको सडक विभागले जनाएको छ ।

यो सडकलाई लकडाउन अवधिभित्रै सक्ने पनि काठमाण्डौ सडक डिभिजन प्रमुख कुवेर नेपालीले जानकारी दिए ।‘सडकको काम सुरु भइसक्यो, टिप्परहरु माटो र गिटी ल्याउन काभ्रेतर्फ गएका छन्, लकडाउनभरिमा काम सक्ने हिसाबले लागेका छौँ ।

अब यो सडकको समस्या स्थायी रुपमै समाधान हुन्छ’, काठमाण्डौ सडक डिभिजन प्रमुख कुवेर नेपालीले बताएका छन् ।

यस्तै थापाथली–त्रिपुरेश्वर सडकमा ‘ओभर ले’ को काम पनि सुरु भएको छ । ‘सामान्य अवस्थामा यी सडकमा पिच थप्न निकै गाह्रो छ, लकडाउनका बेला सहज हुने भएकाले हामीले सुरक्षाका उपाय अपनाएर काम थालेका हौँ’, नेपालीले भने ।

एअरपोर्ट–सडक कालोपत्रे सकियो, थापाथली–त्रिपुरेश्वरमा काम हुँदै लकडाउनका कारण अधुरो रहेको एअरपोर्ट–गौशला सडकमा शनिबार दिनभर कालोपत्रे भएको छ ।

यो सडकखण्डको काम लगभग सकिएको र अब एक दुई दिनमा सडकमा रङ्ग रोगन गर्ने डिभिजन प्रमुख कुवेर नेपालीले जानकारी दिए ।

 

प्रकाशित मिति: Apr 19, 2020

प्रतिक्रिया दिनुहोस्