Logo
२३ बैशाख २०८१, आईतबार
(April 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घर जान थानकोटमा रोकिएका पैदलयात्रीलाई बस चढाएर गाउँ पठाइयो

प्रधानमन्त्रीको निर्देशनपछि प्रदेश ५ सरकारको समन्वयमा संघीय राजधानी काठमाडौं स्थित थानकोटमा रोकिएका सर्वसाधारणलाई बस चढाएर गन्तव्यतर्फ पठाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीहरूलाई बोलाएर पैदल हिँडेर पनि जान नदिन र कसैले खान नपाए राहतको व्यवस्था गर्न निर्देशन दिएका थिए ।

भने प्रदेश ५ सरकारले आफ्ना प्रदेशका अलपत्र नागरिकलाई काठमाडौं आफ्नो प्रदेश सम्बन्धित जिल्लासम्म पुर्‍याउने निर्णय गरेको थियो ।

काठमाडौंका सांसद, चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा पैदल हिँडेर गाउँ फर्किन खोजेकाहरूलाई शनिबार थानकोटमा रोकिएको थियो ।

करिब तीन सयको संख्यामा रहेका उनीहरूलाई बिहान खाना दिइएको थियो ।
साँझपख भने बस चढाएर पठाइएको छ ।

चन्द्रगिरि यातायातको ५ वटा र अन्य व्यवसायीको दुई वटा बसमा उनीहरूलाई पठाइएको हो । पहिलो लटमा बाँके, बर्दिया, दाङ, बुटवल, सल्यान र सुर्खेत पठाइनेछ ।

प्रकाशित मिति: Apr 18, 2020

प्रतिक्रिया दिनुहोस्