Logo
२९ बैशाख २०८१, शनिबार
(April 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटमा बलात्कारको तेस्रो घटना : लकडाउनबीच ५५ वर्षीय पुरुषद्वारा १० वर्षीया बालिका बलात्कृत

प्रदेश २ स्थित रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाकस एकजना ५५ वर्षीय पुरुषद्वारा १० वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बिहीवार राति शौच गर्न आफ्नो घर बाहिर निस्केको बेला अन्सारीले बालिकालाई ललाई-फकाई आफू सुत्ने गोठमा लगेर करणी गरेका थिए ।

बालिकालाई खाज्दै गएकी पीडित बालिकाकी आमाले करणी गर्दा गर्दै रंगे हात पक्राउ गरेकी थिइन् ।

रौतहटमा लकडाउनको अवधिमा भएको यो तेस्रो बलात्कारको घटना हो । फतुुवा बिजयपुर नगरपालिका–५ का ५५ वर्षीय वारीस अन्सारीले सुस्त मनस्थितिकी १० वर्षीया बालिकालाई गत राति बलात्कार गरेका हुन् ।

तर आमालाई धक्का दिएर आरोपी अन्सारी फरार भएका थिए । लगतै उनले गरेको खबरको आधारमा ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख ईन्सपेक्टर चन्द्रकिशोर साहको कमाण्डमा गएको टोलीले गाँउको घेरा हालेर खोज तलास सुुरु गएको थियो ।

घटनाको झण्डै ३ घन्टा पश्चात गाँउकै एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी बिहान ३ बजे पक्राउ परेको ईन्सपेक्टर साहले जानकारी दिए ।

पिडित बालिका र पिडकको आज जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण भएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको बाबुले दिएको जाहेरीको आधारमा जबर्जस्ती करणीबारे मुद्दा दर्ता गरी जिल्ला अदालत गौर बाट ५ दिनको म्याद थमाएर अनुुसन्धान तथा कारवाही प्रकृया अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्सपेक्टर चन्द्रकिशोर साहले जानकारी दिए ।

प्रकाशित मिति: Apr 17, 2020

प्रतिक्रिया दिनुहोस्