Logo
१६ बैशाख २०८१, आईतबार
(April 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ कोरोना संक्रमितको संख्या ह्वात्तै ३० पुग्नुको कारण, नयाँ थपिएका १२ जना भारतीय मुस्लिम

बिहिवार कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । जम्मा संख्या ३० पुगेको हो । प्रदेश १ स्थित उदयपुरमा १२ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ।

उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा बसेका १२ जना भारतीयमा र चितवनमा दुई जनामा कोरोनाको संक्रमण देखिएको छ ।

उदयपुरको मस्जिदमा बसेका १२ जना भारतीयहरुको कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा १२ भारतीयमा कोरोना संक्रमण पोजिटिभ रहेको देखिएको छ ।

चिवतनमा पनि दुई जनामा आज कोरोना संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सचूनामा भनिएको छ,-

”हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ । जस मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुष; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय) र चितवन जिल्लाको ( २ वटा केस (२ पुरुष, २७ र ६३ बर्षिय) अध्यावधिक मिति: २०७७ बैशाख ५ गते।”

प्रकाशित मिति: Apr 17, 2020

प्रतिक्रिया दिनुहोस्