Logo
५ जेष्ठ २०८१, शनिबार
(April 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इच्छाकामना गाउँपालिका अध्यक्षद्वारा अलपत्र मजदूरको उद्धार

बाग्मती प्रदेश स्थित इच्छाकामना गाउँपालिकाले कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि विभिन्न जिल्लाबाट घर जान आएका मजदूरको उद्धार गरेको छ ।

गाडीमा आएकालाई झर्न नपर्ने व्यवस्था गरेको छ भने पैदल यात्रीलाई सामान झारेर फर्कदै गरेका ढुवानीका गाडीमा राखेर गन्तव्यतर्फ पठाउन थालेको छ ।

गाउँपालिका अध्यक्ष गीता गुरुङले आफ्नो गाउँपालिकामा आइ पुगेका सबैको उद्धार गरी गन्तव्यतर्फ पठाइएको जानकारी दिए ।

आफै राजमार्गमा गएर फर्कदै गरेका ढुवानीका साधन रोकेर १६ वटा गाडीमा तीन समयभन्दा बढीलाई गन्तव्यतर्फ पठाइएको उनले बताए ।

पायकपर्ने ठाउँसम्म पुग्ने गाडीमा राखेर सम्बन्धित व्यक्तिलाई पठाइएको उनले जानकारी दिए । पश्चिम र पूर्वी नेपालका विभिन्न जिल्लामा पुग्ने मजदूरहरु रहेको उनको भनाइ छ ।

अध्यक्ष गुरुङले गाडीमा चढेर आएकालाई प्रहरीले जाँच गरी झार्ने गरेकोमा सो कार्य रोकेर जुन गाडीमा आएको छ त्यही गाडीमा पठाइएको जानकारी दिए ।

उनले भने, “मेरो गाउँपालिकाभित्र जनताको बिचल्ली भएको टुलुटुलु हेरेर बस्न सक्दिन ।”इच्छाकामना गाउँपालिका धादिङको रोराङ्ग गाउँपालिकासँग जोडिएको छ ।

राजधानीबाट फर्किएका मजदूरहरु यही बाटो हुँदै बाहिरी जिल्ला जाने गरेका छन् ।

प्रकाशित मिति: Apr 17, 2020

प्रतिक्रिया दिनुहोस्