Logo
२९ बैशाख २०८१, शनिबार
(April 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सनसिटी अपार्टमेन्टका ३ जना कोरोना सक्रमितसंगै आएका सुनसरीका आठजनाको खोजीमा प्रहरी

काठमाण्डौको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने ३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित परिवार सगै यात्रा गर्नेहरु मध्ये ८ जना प्रदेश १ स्थित सुनसरीवासी रहेको फेला परेको छ ।

बेलायतबाट कतार एयरवेजको क्यु आर ६४४ फ्याईटमा मार्च २० तारेखका दिन नेपाल आएका मध्ये ८ जना सुनसरीका रहेको विवरण सुनसरी प्रहरीलाई आएपछि उनीहरुको खोजी सुरु गरिएको छ ।

प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले भने कोरोना सक्रमित बिरामीको ट्राभल हिस्ट्रीका आधारमा जिल्ला प्रहरी प्रहरी कार्यालय इनरुवाले खोजी सुरु गरि फेला परेकालाई क्वारेन्टाइनमा राख्न थालेको बताए ।

क्यु आर ६४४ फ्याईटमा मार्च २० तारेखका दिन नेपाल आएका मध्ये इनरुवा, डुम्राहा, गौतमपुर, पश्चिम कुशाहा, रामगञ्ज वेलगछिया, सिगिया, धरान र इटहरी ठेगाना भएका सुनसरीका स्थानियहरु रहेका छन ।

प्रहरी उपरिक्षक पोखरेलले भने उनीहरुको विवरण हिजो साझमा आएकाले सवैजनालाई ठेगानकाका आधारमा खोजी सुरु गरिएको छ ।

फेला परेका व्यत्तीलाई क्वारेन्टाईनमा राखिने र उनीहरुले सुनसरी आएपछि कहाँ कहाँ गए कसलाई भेटे सवै विवरण लिन सुरु गरिएको बताए ।
बेलायतबाट आएको २८ दिनपछि संक्रमणको लक्षण देखिएका आमा छोरा र बुहारीमा कोरोना पेजेटिभ भेटिएको थियो ।

प्रकाशित मिति: Apr 17, 2020

प्रतिक्रिया दिनुहोस्