Logo
२ जेष्ठ २०८१, बुधबार
(April 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारद्वारा स्वास्थ्य सामग्री खरिदका लागि तीन निजी कम्पनीसँग सम्झौता

सरकारले कोरोना भाइरसको रोकथाम र उपचारका लागि आवश्यक सामग्री खरिदका लागि ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ केयर निजी कम्पनीसँग सम्झौता गरेको छ ।

स्वास्थ्य सेवा विभागले बिहीबार ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुम्बिनी हेल्थ केयर तीनवटा कम्पनीसँग खरिद सम्झौता गरेको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले विहीबार खरिद सम्झौता गरेका हुन् ।सम्झौताको रकम २९ – ३० करोड रुपैयाँ रहेको छ ।

सम्झौतामा पहिलो साता आंशिक र दोस्रो सातामा सम्झौता अनुसारको सबै सामग्री ल्याउने उल्लेख छ । कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई सेट), सर्जिकल तथा एन ९५ मास्क लगायतका सुरक्षा सामग्री दुई साता भित्र ल्याउने गरी निजी कम्पनीले पहिलो खेपमा पीपीईलगायतका सुरक्षा सामग्री ल्याउनेछन् ।

सेनिटाइजर र आइआर थर्मोमिटर खरिदका लागि छुट्टै सम्झौता हुनेछ । उनले भने ‘अहिले यो साताभित्रमै करिब करिब १ लाख जति होल सेटमा पीपीई आउने हो ।’

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलका अनुसार प्रयोगशालासम्बन्धी सामान खरिदका लागि शुक्रबार या शनिबार छुट्टै सम्झौता हुनेछ ।

 

प्रकाशित मिति: Apr 17, 2020

प्रतिक्रिया दिनुहोस्