Logo
१६ बैशाख २०८१, आईतबार
(April 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हल्लाको भर नपरौं : नेपालमा अहिलेसम्म मात्र १६ जना कोरोना संक्रमित, नयाँ कोही थपिएनन्

देशभित्र बितेको दुई दिनमा कोहि पनि कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छैनन् ।

लगातार ७ जना कोरोना भाइरस संक्रमित भेटिएपछि शतर्कता अपनाइएको अवस्थामा नयाँ संक्रमित नभेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड-१९ को संक्रमण पत्ता लगाउन गरिएको रयापिड डाइग्नोस्टिक टेष्टमा पोजेटिभ आएकाहरुको आरटी पीसीआर गर्दा नेगेटिभ आएको जानकारी दिए ।

उनले हाल संक्रमित संख्या १६ नै रहेको र एकजना उपचारपछि घर फर्किएको बताए । १५ जना उपचारका क्रममा रहेको बताए ।

वीरगञ्जको छपकैयामा गरिएको रयापिड टेष्ट ४ सयजनाको भएको र सबैजना नेगेटिभ नतिजा आएको बताए ।

प्रकाशित मिति: Apr 16, 2020

प्रतिक्रिया दिनुहोस्