Logo
१५ बैशाख २०८१, शनिबार
(April 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनगढी प्रयोगशालामा २ जनामा कोराेना पाेजेटिभ, सुर्खेतबाट ल्याइएको थियोे स्वावको नमूना

धनगढीको पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको पीसीआर मेसिनमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको छ।

प्रयोगशाला स्रोतका अनुसार सुर्खेतबाट ल्याइएको ९९ वटा थ्रोट स्वावको नमूना परीक्षण गर्दा २ जनामा कोरोनाको संक्रमण देखाएको हो।

उनीहरु दुबै जना रुकुम पश्चिमका हुन्। धनगढीस्थित प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखाएपछि पुनः परीक्षणका लागि नमुना काठमाडौँ पठाइएको छ।

प्रकाशित मिति: Apr 16, 2020

प्रतिक्रिया दिनुहोस्