Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ स्थित सुनसरीको ५ मस्जिदमा पाकिस्तानी, बङ्गाली सहित ५५ विदेशी

प्रदेश १ स्थित लकडाउनको अवधीमा सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ५५ जना विदेशी नागरिक फेला पारेका छन् ।

विदेश गएकाहरुबाट नेपालमा कोरोना संक्रमण देखिएपछि सरकारले विदेशबाट आउनेहरुसँगै उनीहरुको ट्राभल हिष्ट्री हेरेर उनीहरुसँगको सम्पर्कहरुको समेत ट्रयास गर्दै आएको छ ।

सुनसरीको इटहरी उपमहानरपालिका १८ स्थित जितपुर मस्जिदबाट ८ जना पाकिस्तानी, हरिनगर १ भुटाहा मस्जिदबाट १४ जना भारतीय, दुहवी नगरपालिका १ मा रहेको मस्जिदबाट ११ जना पाकिस्तानी, बर्जु गाउँपालिकामा रहेको मस्जिदबाट १२ जना भारतीय र भोक्राहा नरसिंह गाउँपालिकामा रहेको मस्जिदबाट १० जना भारतीय बंगालीहरु फेला परेका हुन ।

यसैक्रममा लकडाउन अघि वा सोही अवधीभित्र विदेशबाट बैद्य अवैद्य रुपमा आएर बस्दै आएका मध्ये सुनसरीमा ५५ जनालाई प्रहरीले पत्ता लगाएको हो ।

यसरी फेला परेका विदेशी नागरिकहरुमा विभिन्न मस्जिदहरुमा आश्रय लिई बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

यसरी मस्जिदमा आश्रय लिईरहेकाहरु भारत, पाकिस्तानसहित विभिन्न मुलुकबाट सप्तरीमा सम्पन्न इज्तमा सहभागि भएका छन भने केही भारतको नयाँ दिल्लीको निजामुद्दीनमा भएको तबलिगी जमातबाट फर्किएकाहरु रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसरी शंकास्पद रुपमा बसेका ५५ जना विदेशी नागरिकहरु फेला परेपछि लकडाउनभित्रै सुनसरीवासी शंशकित भएका छन ।

सरकारले कोरोना भाइरस फैलिन नदिनका लागी चैत ११ गतेदेखि देशव्यापी रुपमा लकडाउन गरेपछि सामुहिक मन्दीर, गुम्बा, चर्च र मस्जिदमा भेला जम्मा हुन पूजा, प्रार्थना लगायतका कामहरु नगर्न गरेको आग्रहलाई वेवास्ता गर्दै मस्जिदमा यसरी आएका विदेशीहरुलाई आश्रय दिनेगरेको तथ्य फेला परेको हो ।

उनीहरुमा कोरोना सक्रमण फैलिन नदिनका लागि गरिएको लकडाउनका समयमा एउटा मस्जिदबाट अर्को मस्जिदमा बसाई सराई गर्दै हिड्ने गरेको पाईएको छ ।

हाल सुनसरीमा फेला परेका सवैजना सप्तरीमा भएको धार्मिकसभा इज्तेमामा सहभागी हुन फागुनमा आएको दावी गरिएपनि बसाई सराई र सामुहिक बसाईका कारण कोरोना संक्रमणको उच्च जोखिम बढ्ने खतराले सुनसरीवासीलाई शंशकित बनाएको हो ।

पर्साको विरगञ्जमा रहेको मस्जीदमा ३ जना कोरोना भाइरसको सक्रमीत रहेको फेला परेसँगै पोजेटिभ भेटिएका तीनजना भारतीय नागरिकहरू सबैभन्दा बढी समय सुनसरीमा बसेको तथ्य भेटिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले मगलवार सार्वजनिक गरेको ‘ट्राभल हिस्ट्री’ हेर्दा सुनसरीको दुहबी र इनरुवाका ४ वटा जामे मस्जिदमा २३ दिन बसेको खुलासा भएको छ ।

उनीहरुको २३ दिनसम्म सुनसरी बसाईका क्रममा अन्य मस्जिदसँगै वरपरका टोलहरुमा पनि घुमफिर गरेको अनुसन्धानका क्रममा फेला परेको थियो ।

‘ट्राभल हिस्ट्री’ सार्वजनिकसँगै २३ दिनसम्म सुनसरीमा बस्दा उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्य टाउको दुखाईको बिषय बनेको छ ।

तीन कोरोना संक्रमित ३ भारतीय दिल्ली हुँदै विराटनगर (जोगवनी) ट्रेन मार्फत २०२० जनवरी १ देखि फेब्रुअरी १३ तारिखसम्म उनीहरू इनरुवाको ३–४ वटा मस्जिदमा बसेको ट्राभल हिस्ट्री देखिन्छ ।

उच्च सुरक्षा स्रोतले पछिल्लो समय सुनसरीको नेपाल भारत सिमानाकाबाट नयाँदिल्ली स्थित निजामुद्दीनमा मुस्लिम संस्थाको आयोजनामा भएको तबलीगी जमातको धार्मिक सभाबाट फर्किएकाहरु लुकुछिपी समुहमा प्रवेश गरेर रातीको समयमा एक स्थानबाट अर्को स्थान हुदै सप्तरी तर्फ र केही सुनसरीमा बस्दै आएपनि उनीहरु रहेको स्थान एकिन हुन नसक्दा कोरोना सक्रमणको खतरा बढेको दावी गरे ।

प्रकाशित मिति: Apr 16, 2020

प्रतिक्रिया दिनुहोस्