Logo
२ जेष्ठ २०८१, बुधबार
(April 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोरखाका एक युवाको रिपोर्ट पनि पोजिटिभ, ४० दिन अघि बहराइनबाट आएका थिए

गण्डकी प्रदेश स्थित र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको कोभिङ–१९ (कोरोना) परीक्षणमा गोरखा आरुघाटका एक युवामा पोजिटिभ देखिएको छ ।

किटबाट परीक्षण गर्दा पोजिटिभ देखिए पनि उनमा कोरोनाको लक्षण नदेखिएको र युवा बिरामी पनि नभएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए।

आरुघाट गाउँपालिका-५ का एक ३१ वर्षीय यी युवा फागुन २३ गते बहराइनबाट फर्किएका थिए। उनको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ।

विदेशबाट फर्किएको ४० दिनपछि उनमा संक्रमण देखिएको हो। आरुघाटमा विदेशबाट आएका सबैको परीक्षण गरिँदा उनको मात्रै पोजिटिभ देखिएको हो।

उनीसँगै अर्का एक विदेशबाट आएका व्यक्तिको पनि स्वाब परीक्षणका लागि पोखरा पठाइएको छ।

प्रकाशित मिति: Apr 15, 2020

प्रतिक्रिया दिनुहोस्