Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतसँगको सीमामा आवतजावत अनिश्‍चितकाललाई बन्द गर्ने संघीय सरकारको निर्णय

लकडाउन १२ दिन थप्ने निर्णय गरेसँगै संघीय सरकारले छिमेकी देश भारतसँगको सीमामा आवतजावत अनिश्चितकालसम्मलाई बन्द गरेको छ ।

लकडाउनको समयमा नै स‌ंक्रमितहरु भारतबाट नेपाल प्रवेश गरेको खुलासा भएपछि सरकारले सीमामा थप कडाइ गर्ने पनि निर्णय गरेको हो ।

‘भारतमा कोरोनाको प्रकोप फैलिइरहेको छ। यसैले भारतमा कोरोनाको प्रकोप साम्य नभइन्जेललाई आवतजावत बन्द गर्ने निर्णय गरिएको छ,’ मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीले नगरिक टाईम्ससँग बताए ।

कञ्चनपुर र रौतहटका संक्रमित युवा लकडाउन घोषणा गरिएपछि पैदलै नेपाल प्रवेश गरेका थिए। अत्यावश्यक सामाग्री र खाद्यवस्तुको आपुर्तिलाई भने रोकिने छैन।

संक्रमण बढ्न थालेपछि भारतले पनि मंगलबार नै २१ दिने लकडाउनलगत्तै अर्को १९ दिन लकडाउन थप गरिसकेको छ।

त्यस्तै सरकारले अन्तराष्ट्रिय उडान पनि वैशाख १८ गतेसम्मका लागि स्थगित गरिसकेको छ।

प्रकाशित मिति: Apr 14, 2020

प्रतिक्रिया दिनुहोस्