Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धर्म प्रचारका लागि नेपाल आएका ९ पाकिस्तानी रौतहटको मस्जिद भित्रैको क्वारेन्टाइनमा

धर्म प्रचारका लागि नेपाल आएका ९ जना पाकिस्तानी नागरिकहरुलाई प्रदेश २ स्थित रौतहट प्रहरीले नियन्त्रणमा लिएर एक मस्जिद भित्रको क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरूलाई रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–२ को करुनियामा रहेको मस्जिद भित्रैको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

करिब ३ महिना अघि नेपाल आएका पाकिस्तानी नागरिकहरु महम्मद यसुफ खान, जैनुल्लाह, सम्सुल्लाह खान, महम्द फवाद, रइश खान, गुरफानदिन, असगर खान, गुलाम रसुल र हलिमुल्लाहलाई हाल उनीहरू बसेकै मस्जिदमा क्वारेनटाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए  ।

उनले ती पाकिस्तानी नागरिकहरूलाई मस्जिदबाट निस्किएर बाहिर नहिड्न भनेको र उनीहरूको गतिविधिमा पनि प्रहरीले निगरानी गरिरहेको जानकारी दिए।

‘उहाा हरू लकडाउन अगाडिनै विभिन्न धार्मिक कृयालापमा सहभागी हुन नेपाल आएका रहेछन्’ खड्काले भने, ‘हामीहरूले उनीहरूलाई मस्जिदभित्रै बसिरहन निर्देशन दिएका छौँ र निगरानीको लागि प्रहरी परिचालन पनि गरेका छौँ ।’

जिल्लामा यस्तो समूहहरू अन्यपनि रहेको हुनसक्ने आशंकामा प्रहरीले खोजी गरिरहेको उनको भनाइ छ ।

उनले लकडाउन प्रभावकारी बनाउन जिल्लाभर प्रहरी गस्तीलाई तीब्रता दिइरहेको र बिनाकारण लकडाउन उल्लघंन गर्ने विरूद्व कडा रूपमा प्रस्तुत हुन मातहतका प्रहरी युनिटहहरूलाई निर्देशन पनि दिएको दावी गरे ।

जिल्लामा हाल स्थापना गरिएको २६ वटा क्वारेन्टाइनमा १५ महिला सहित २ सय ४४ जनालाई राखिएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीले जानकारी दिए ।

उनका अनुसार कोरोनाको आशंकामा जिल्लामा हालसम्म १७ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको कोरोना नेगेटिभ देखिएको छ ।

प्रकाशित मिति: Apr 12, 2020

प्रतिक्रिया दिनुहोस्