Logo
३० बैशाख २०८१, आईतबार
(April 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमणबाट हलिउड अभिनेत्री हिलारी हिथको निधन

पछिल्लो समयमा कोरोना भाइरस संक्रमणबाट धरै कलाकारको मृत्यु भइरहेको अवस्थामा हलिउड हरर चलचित्र ‘विचफाइन्डर जनरल’ की अभिनेत्री हिलारी हिथको ७४ वर्षको उमेरमा निधन भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कोरोनासँग लडिरहेकी उनी श्वास–प्रश्वासमा आएको असहजताका कारण निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

हिलारीका छोराले एलेक्सले सामाजिक सञ्जाल फेसबुकमार्फत उनको निधनको पुष्टि गरेका हुन् । विश्व आतंकित बनाइरहेको कोरोनाको कहर अहिले अमेरिकामा बढी देखिरहेको छ ।

कोरोनाले अहिलेसम्म हलिउडमा मार्क ब्लम, ग्रैमी वि, जोइ डिफी, एलन मेरिल, एन्ड्रयु ज्याकलगायत १९ सेलिब्रिटीको निधन भइसकेको छ ।

‘विचफाइन्डर जनरल’बाट चलचित्रमा डेब्यु गरेकी हिथले अभिनयसँगै चलचित्र निर्माण पनि गरेकी छिन् ।

प्रकाशित मिति: Apr 12, 2020

प्रतिक्रिया दिनुहोस्