Logo
५ जेष्ठ २०८१, शनिबार
(April 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाले आक्रान्त बन्दै भारत : दिल्लीमा ९ सय जनाभन्दा बढी संक्रमण पुष्टि

अहिलेको बर्तमान समयमा कोरोना भाइरसको कारण विश्व आक्रान्त बनाइरहेको बेलामा भारतमा पनि कोरोना प्रकोप बढ्दोक्रम रहेको छ । सो अवस्थामा भारतको दिल्लीमा मात्रै ९ सय भन्दा बढी कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य विभागका अनुसार अहिलेसम्म ८ हजार ३ सय ५६ जनामा कोरोना पुष्टि भएकोमा दिल्लीमा मात्रै ९ सय ३ जनामा कोरोना पुष्टि भएको छ ।

सबैभन्दा धेरै महाराष्ट्रमा १७ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।तामिलनाडु, राजस्थान, मध्य प्रदेश र तेलंगनामा धेरै सङ्क्रमित रहेका विभागले जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण २ सय ७३ जनाको मृृृत्यु भएको छ भने ७ सय १६ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति: Apr 12, 2020

प्रतिक्रिया दिनुहोस्