Logo
१ जेष्ठ २०८१, मंगलबार
(April 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसबाट अहिलेसम्म १४ गैरआवासीय नेपालीको ज्यान गयो, ६६५ जना संक्रमित

विश्वभर फैलिएको कोरोना भाइरस (कोबिड–१९) बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या १४ पुगेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५ र संयुक्त अरब इमिरेट्स युएईमा १ जनाको ज्यान गएको हो ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

विदेशस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनाका आधारमा सो आँकडा तयार पारिएको डा सापकोटाले जनाए ।

संक्रमित हुनेमा अमेरिकामा ५ सय, बेलायतमा एक सय, स्पेनमा १८, युएईमा १०, जर्मनीमा ४, पोर्चुगलमा ८, अष्ट्रेलियामा ९, साउदी अरेबियामा ४, कुवेतमा ५, जापानमा १, मलेसियामा १, म्यानमारमा १ र हङकङमा १ जना हुन् ।

नेपालमा संक्रमितको संख्या १२ पुगिसकेको छ । आइतबार ३ जना थपिएका हुन् । संक्रमितमध्ये एक जनालाई निको भएको छ ।

(शर्मा कोभिड १९ एनआरएनए उच्चस्तरिय समितिका प्रेस संयोजक हुन्)

प्रकाशित मिति: Apr 12, 2020

प्रतिक्रिया दिनुहोस्