Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनको राजदूतका लागि सिफारिस पाण्डेले पाए चीनको एग्रिमो

नेपाल सरकारद्वारा चीनको राजदूतका लागि सिफारिस गरिएका महेन्द्रबहादुर पाण्डेले एग्रिमो (कूटनीतिक सहमति) पाएका छन् । एग्रिमो पाएसँगै नेपाल सरकारले नियुक्ति दिएपछि राष्ट्रपतिबाट सपथ लिएर पाण्डे चीनका लागि आउनेछन्।

गत मार्च २४ तारिख नेपालले पाण्डेको एग्रिमोका लागि बेइजिङस्थित दूतावासमार्फत् चिनियाँ परराष्ट्र मन्त्रालयलाई अनुरोध गरी पठाएको थियो। चीनले गत ९ तारिख बिहीबार स्वीकृति दिएको हो।

गत मार्च १ अर्थात् फागुन १८ गते पूर्वराजदूत लीलामणि पौडेललाई बिनाकारण फिर्ता बोलाएको सरकारले पाण्डेलाई राजदूतका लागि प्रस्ताव गरेको थियो। पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका पाण्डेले संसदीय सुनुवाइ प्रक्रिया पनि पार गरिसकेका छन्।

तर सरकारी प्रक्रिया र हवाई आवागमन लगायतका कारण उनी कहिले बेइजिङ आउने भन्ने यकिन छैन। हाल कोभिड-१९ महामारीका कारण चीनले कुनै पनि देशबाट चीन भित्रिने नागरिकलाई क्वारेन्टाइनमा बस्नैपर्ने नियम बनाएको छ।

बेइजिङस्थित नेपाल दूतावासका अनुसार कूटनीतिज्ञहरूका लागि भने घरमै क्वारेन्टाइनको सुविधा छ।

प्रकाशित मिति: Apr 12, 2020

प्रतिक्रिया दिनुहोस्