Logo
३१ बैशाख २०८१, सोमबार
(April 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन विश्वविद्यालयको वैशाख र जेठमा सञ्चालन गर्ने भनिएको परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयका अनुसार २०७७ साल वैशाख र जेठमा सञ्चालन गर्ने निर्णय भएका भनिएका परीक्षा अर्को सूचना नआएसम्मका लागि वैशाख र जेठका सबै परीक्षा स्थगित गरिएको छ ।

विश्वविद्यालयले आउँदो वैशाख र र जेठमा गर्ने  त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र शिक्षा शास्त्र सङ्कायतर्फका चार वर्षे बीएससी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा स्थगित जनाएको छ ।

साथै पोस्ट ग्रेजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोस्ट ग्रेजुएट इन वमन स्टडिजका पूरा तथा आंशिक परीक्षा अर्को सूचना नआएसम्मको लागि स्थगित गर्ने निर्णय गरिएको हो ।

प्रकाशित मिति: Apr 10, 2020

प्रतिक्रिया दिनुहोस्