Logo
५ जेष्ठ २०८१, शनिबार
(April 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाराको सीमा नाकामा कडाइ गर्न ५० चेक प्वाइन्ट र जनशक्ति बढाइयो

अहिले बर्तमान अवस्थामा कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाइरहेको अवस्थामा प्रदेश नं २ स्थित बाराको भारतसँग जोडिएको सीमा नाकामा सशस्त्र प्रहरीले १ सय २० जनशक्ति थप गर्दै जनशक्तिको सङ्ख्या ३ सय पुर्याएको छ।

लकडाउनको अवधिमा भारतबाट मानिसहरु चोर बाटो हुँदै नेपाल प्रवेश गर्न थालेपछि सीमामा कडाइ गर्न जनशक्ति थप गरिएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दिग्वजय सुवेदीले सीमा नाकामा ३० वटा चेक प्वाइन्ट बढाएर ८० वटा पुर्‍याइएको जानकारी दिए ।

सशस्त्र प्रहरीले ८ वटा नयाँ फरवार्ड वेस स्थापना गरेको छ । छतवा, पञ्चगछिया लगायतका ठाउँमा नयाँ फरवार्ड वेस स्थापना गरिएको प्रहरी उपरीक्षक सुवेदीले बताए ।

यसैबीच बारामा बाहिरबाट आएका १ सय ७ जनालाई क्वरेण्टीनमा राखिएको छ । देशका विभिन्न ठाउँ र भारतबाट आएकाहरुको खोजतलास गरी क्वरेण्टीनमा राखिएको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए ।

प्रकाशित मिति: Apr 9, 2020

प्रतिक्रिया दिनुहोस्