Logo
५ जेष्ठ २०८१, शनिबार
(April 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको जयबाबा इँटा उधोग बन्द गर्न प्रशासनको निर्देशन

सुनसरीको दुहबी ९ छाताबेलि स्थित संचालनमा रहेका जय बाबा इँटा उधोग जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशनमा बन्द भएको छ ।

३ दिन अगाडि सो इँटा उधोग लकडाउनको बेला संचालन गरेको बिषयलाई लिएर दुई समुह बिच बिवाद बढे पछि फेरि पनि तेस्तो बिवाद नबढोस भन्दै जिल्ला प्रशासन कार्यलय सुनसरीको निर्देशनमा सो इँटा उधोग बन्द गराईएको ईलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक प्रवीण कार्कीले बताए ।

३ दिन अगाडी दुइ समुह बिच बादविवादले उग्ररुप लिए पछी सो समुहबिच झडप हुँदा १ प्रहरी सहित १३ जना घाइते भएका थिए।

घाइते ताबिज मियाँका अनुसार लकडाउनकै बेला जय बाबा इँटा उद्योग संचालन हुँदा उद्योगमा कार्यरत भारतिय मजदुरहरु गाउँ घुम्ने गरेको सुचना प्रहरी र संचारकर्मीहरुलाइ दिएको र दुहबी प्रहरीलाई पटक–पटक खबर गर्दा पनि उद्योग बन्द नगराएपछि यस्तो घटना भएको उनको दाबी थियो भने दुहबी ९ का वडाअध्यक्ष मेहदि हुसैनले राहतको विषयलाई लिएर स्थानीयहरु बिच झडप भएको आफुले जानकारी पाएको बताएका थिए ।

इलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक प्रबिण कार्कीका अनुसार दुई पक्षबीच यसअघि पनि पटकपटक झगडा हुने गरेको बताएका थिए ।

सो बिषयमा इँटा उद्योग ब्यबसायि माहासंंघ प्रदेश १ का अध्यक्ष तथा जय बाबा इँटाउद्योगका संचालक खगेन्द्र श्रेष्ठले दुइ समुहबिचको आरोप प्रत्यारोपको बिषयलाइ लिएर भएको झडपसँग आफ्नो कुनै सरोकार नभएकोले आफ्नो इँटा उद्योग निर्वाधरुपमा संंचालन गर्ने वातावरण मिलाई दिन सरोकारबालाहरुसँग माग गरेका छन ।

उनले पत्रकारहरुसँग कुरा गर्दै यस्तो माँग गरेका हुन । इँटा उद्योग ब्यबसायि माहासंंघ प्रदेश १ का अध्यक्ष श्रेष्ठले नेपाल सरकारले जारि गरेको सबै प्रकारका कानुन आफुले मानेको र समयमै कर तिरेको बताउँदै कोरोना भाईरसका कारण नेपाल सरकारले लकडाउन जारि गरेपछि नेपाल सरकारको मन्त्री परिषदको बैठकबाट मजदुरहरुको स्वास्थयको मध्य नजर गरि सरकारले जारि गरेको उद्योगमा स्वास्थय मापदण्ड पुरागरि इँटा उधोगहरु संंचालन गर्न निर्देशन पाएको जिकिर गरे ।

दुहबी ९ छाताबेलि स्थित संंचालन रहेको आफ्नो जय बाबा इँटा उधोग संचालनको विषयलाई लिएर बिवाद भइ झडप भएको कुरा सरासर झुटो भएको दाबी गर्दै उधोगमा कार्यरत कुनै भारतिय मजुदर उधोग परिसरबाट बाहिर नगएको श्रेष्ठले दाबी गरे ।

उद्योगको नियम बिपरित काम गर्ने एक जनालाई निकालेको विषयलाई लिएर केहि ब्यक्तीहरु ब्यक्तिगत रिसिबिको कारण आफ्नो उधोगको बदनाम गर्न तिर लागेको उनले बताए ।

कसैको ब्यक्तिगत रिसिबिको कारण आफ्नो उद्योग निर्बाधरुपमा संचालन गर्न सुरक्षाको चुनौती समेत बढेको गुनासो गर्दै उनले निर्बाधरूपमा उद्योग संचालन गर्ने बाताबरण नमिले उद्योग पूणरुपमा बन्द गर्नुपर्ने अवस्था आउने श्रेष्ठको गुनासो छ ।

हाल सो उद्योगमा स्थानीय लगायत ६०० को हाराहारीमा मजदुरहरु रोजगार पाएको उनले जनाए । दुहबी १० स्थित सिमरियामा रहेको एबिआइ इँटा उद्योग र तावँचे इँटा उद्योगका भारतीय मजदुरहरु अहिलेपनि बेलुकीको समयमा खुल्लम खुल्ला रूपमा गाउँ गाउँ घुम्ने गरेकोमा आफुहरु त्रसित भएको स्थानीयहरुले गूनासो गरेका छन ।

स्थानिय राम उराँव, रघुनन्द चन्द्रवंसी,रामकुमार चौधरी लगायतले भारतिय मजदुर हरु वेलुकाको समयमा हुल बाँधेर गाउँ घुम्ने गरेको तथा राती–राती झोला बोकेर हिंडडुल गरेकोमा आफुहरु ससंकित भएको बताए ।

सो विषयमा पत्रकारहरुले गरेको प्रश्नमा इँटा उद्योग ब्यबसायि माहासंंघ प्रदेश १ का अध्यक्ष श्रेष्ठले सो इँटा उद्योगहरुलाइ ब्यबस्थित तरिकाले संचालन गर्न आदेस दिने बताए ।

प्रकाशित मिति: Apr 8, 2020

प्रतिक्रिया दिनुहोस्