Logo
५ जेष्ठ २०८१, शनिबार
(April 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगञ्ज कारागारबाट २ भारतीयसहित ३३ जना कैदी बन्दी छाडिए

मुलुकमा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण वीरगञ्ज कारागारले २ भारतीयसहित ३३ जना कैदी बन्दीलाई छाडेको छ ।

सर्वोच्च अदालतले गरेको निर्णयनुसार बढीमा एक वर्षभन्दा कम सजाय भोग्न बाँकी रहेका कैदीबन्दीले दिनको रु ३०० जरिवाना तिरेर छाड्ने निर्णय गरेपछि जिल्ला अदालतमा त्यसअनुरुप दिएको निवेदनअनुसार ३८ जनामध्ये ३३ जनालाई छाडिएको जेलर श्रवणकुमार पोखरेलले जानकारी दिएका छन् ।

बाँकी ५ जना कैदीबन्दी सजाय भुक्तानका लागि अदालती प्रक्रियामा रहेका छन् । छुट्ने कैदीमध्ये विशेष गरी बहुविवाह, सवारी ज्यान, कुटपिट, किर्ते, ठगी, लागुऔषध, चेलीबेटी बेचविखनलगायत मुद्दामा सजाय काटिरहेका कैदी भएको बताइएको छ ।

प्रकाशित मिति: Apr 8, 2020

प्रतिक्रिया दिनुहोस्