Logo
६ जेष्ठ २०८१, आईतबार
(April 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रातको समयमा उपत्यका छाड्ने क्रम बढेपछि गृहमन्त्रालयद्वारा कडाइ, सवारी साधन नियन्त्रणमा

देशभर लकडाउन घोषणा गरिएको भएतापनि यसलाई उल्लंघन गरेर रातको समयमा उपत्यका छाड्ने क्रम बढेपछि सरकारले चेकजाँचमा कडाइ गरेको छ ।

संघीय सरकारको गृह मन्त्रालयले चेकजाँचमा थप कडाइ गर्न निर्देशन दिएको छ । यस्ता कार्य गर्ने सवारीलाई नियन्त्रणमा लिने र चालकको अनुमती पत्र समेत खोस्नेसम्म कारवाही गरिने सरकारको तयारी रहेको छ ।

सरकारले लकडाउन घोषणा गरे पनि रातको समयमा ठूलो संख्यामा मजदुरले उपत्यका छाडिरहेकोबारे बिभन्न संचारमाध्यममा समाचारहरु आएपछि भएको थियो ।

मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीका अनुसार सर्वसाधारणको आवतजावतले संक्रमणको जोखिम बढ्ने भएकाले पूर्ण नियन्त्रण गर्न निर्देशन दिइएको छ । ‘जो जहाँ हुनुहुन्छ, त्यहीँ बस्न भनेका छौं’, अधिकारीले भने ।

गृहको निर्देशनपछि गएराति बल्खुबाट ६० जना भन्दा बढीलाई फर्काइएको ललितपुर प्रहरी परिसर, जावलाखेलका प्रमुख टेकप्रसाद राईले बताए ।

महानगरीय प्रहरी प्रभाग, कोटेश्वरकी प्रमुख प्रहरी निरीक्षक सुभद्रा वाइबाले कोटेश्वरबाट रातिको समयमा जान खोज्ने मजदुरलाई रोक लगाइएको बताइन् ।

उनका अनुसार काठमाडौंमा खान नपाएर भोकै बस्नु पर्ने अवस्था भए प्रहरी कन्ट्रोल १०० मा फोन गर्न भनिएको छ ।

साथै, स्थानीय तहले पनि वडा कार्यालयमार्फत राहत सहयोग वितरण गरिरहेको प्रहरीले मजदुरलाई बताएका छन् ।

प्रकाशित मिति: Apr 1, 2020

प्रतिक्रिया दिनुहोस्