Logo
६ जेष्ठ २०८१, आईतबार
(April 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घर-घरमा पुगेर देवानगंज गाउँपालिका सुनसरीमा नि:शुल्क दुध वितरण

प्रदेश १ स्थित सुनसरीको देवानगंज गाउँपालिकामा बुधबार घर-घरमा पुगेर नि:शुल्क दूध वितरण गरिएको छ । बुधबार चैती दशैको अवसरमा मध्यहर्षाही स्थित संचालनमा रहेको बाघेश्वरी दूध डेरीले दुध वितरण गरेको हो ।

कोरोना भाइरस (Covid 19) काे कारण (Lockdown ) को अवस्थामा घर-घरमा गई दुध वितरण गरिएको हो ।

वितरण कार्यमा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीय समाजिक संस्थाका युवाहरूले पनि साथ दिएको डेरीका संचालक पिण्टु मेहताले बताए । समाजका असाहय, गरिवलाई बढी केन्द्रित गरेर दूध वितरण गरिएको संचालक मेहताले बताए ।

उनका अनुसार १५ सय लिटर दुध वितसण गरिएको हो । उक्त डेरी बिगत ५ बर्षदेखि संचालनमा रहेको छ । उक्त डेरीले उपादन गरेकाे दुध, दहि, पनिर, ध्यु, आसपासका बजारहरु समेत विराटनगर, चिमडी, हरिनगरा लागयतका बजारसम्म बिक्री बितरण हुँदै आएको छ ।

 

प्रकाशित मिति: Apr 1, 2020

प्रतिक्रिया दिनुहोस्