Logo
६ जेष्ठ २०८१, आईतबार
(March 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल सरकारको कोषमा पुर्वराजा ज्ञानेन्द्र शाहद्वारा २ करोड दिने घोषणा

विश्वब्यापी कोरोनाभाइरस (कोभिड १९) को रोकथामका लागि हिमानी कोषले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

पूर्व राजा शाहले मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहल प्रति संवदेनशील हुँदै सबैले आ-आफ्ना ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्याउन अनिवार्य भइरहेको बताएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् । दुःख कष्ट र आपत विपदको घडीमा सबैका साथमा साथ दिँदै आफ्नो तर्फबाट सहयोग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले लकडाउन नै बाध्यात्मक अनिवार्यता भएको बताउँदै यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको पनि स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा शाहले संकटमा आफा्नो ज्यानको प्रवाह नगरी अहोरोत्र सेवामा खटिने सबैप्रति आभार पनि प्रकट गरेका छन् ।

प्रकाशित मिति: Mar 31, 2020

प्रतिक्रिया दिनुहोस्