Logo
२३ बैशाख २०८१, आईतबार
(March 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तर्राष्ट्रिय उडान वैशाख ३ गतेसम्म नहुने

अन्तर्राष्ट्रिय उडान वैशाख २ गतेसम्म नहुने भएका छन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको नोभल कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि सरकारले गरेको निर्णय कार्यान्वन गर्दै बैठकले अन्तर्राष्ट्रिय उडानलाई थप वैशाख ३ अर्थात् अप्रिल १५ तारिखसम्मका लागि स्थगित गरेको हो।

बैठकमा समिति संयोजक उपप्रधान तथा रक्षामन्त्री पोखरेल, विभागीय मन्त्री, सचिव, सुरक्षा निकायका उच्च अधिकारी र सरोकारवालाको उपस्थिति थियो।

प्रकाशित मिति: Mar 29, 2020

प्रतिक्रिया दिनुहोस्