Logo
५ जेष्ठ २०८१, शनिबार
(March 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय क्रिकेट बोर्डद्वारा कोरोना विरुद्धको अभियानमा ५१ करोड सहयोग

यतिबेला विश्वनै कोरोना माहामारीको चपेटामा परेको बेला छिमेकी देश भारतमा कोरोना भाइरसविरुद्धको अभियानमा खेलाडी तथा खेल सङ्घहरुले अहिलेको अवस्थालाई मध्यनजर गरि आ-आफ्नै तरिकाले सहयोग गर्ने घोषणा गरेका छन् ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले पनि कोरोना भाइरस (कोभिड- १९) विरुद्धको अभियानमा ‘पीएम-केयर्स-फण्ड’ मा ५१ करोड भारतीय रुपैयाँ सहयोग गरेको छ ।

बीसीसीआईका अध्यक्ष सौरभ गांगुली, सचिव जय शाह, बोर्डका पदाधिकारी र अन्य राज्य सङ्घले शनिबार प्रधानमन्त्री सुरक्षा कोषमा ५१ करोड भारतीय रुपैयाँ जम्मा गरेका हुन् ।

भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म १ हजार २९ जनामा सङ्क्रमण देखिएको छ भने २५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: Mar 29, 2020

प्रतिक्रिया दिनुहोस्