Logo
२३ बैशाख २०८१, आईतबार
(March 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ जनाबीचको दूरी १ मिटर नराखे सिंगापुरमा ८ लाख जरिवाना र ६ महिना जेल हुने

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि करिब एक तिहाइ विश्व लकडाउनमा रहेको छ ।

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि विभिन्न देशले लकडाउनदेखि घरबाट बाहिर निस्कन नदिने निर्देशन दिएका छन् ।

इटालीमा कोरोना संक्रमित व्यक्ति घरबाट निस्किए ५ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको छ ।

यसैबीच सिंगापुरले आजदेखि लागू हुनेगरी कडा नियम ल्याएको छ । अब सिंगापुरको सार्वजनिक स्थानमा दुई जना व्यक्तिबीचको दूरी एक मिटर(३.३ फीट) कायम नगरे १० हजार सिंगापुर डलर(करिब ८ लाख ३९ हजार नेपाली रुपैयाँ) जरिवाना अथवा ६ महिना जेल वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

सिंगापुरको स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार शुक्रबार बिहानैदेखि यो नियम कार्यान्वयनमा आइसकेको छ । त्यस्तै सिंगापुर सरकारले बिनाकाम १० जनाभन्दा बढी भेला नहुन पनि सबैलाई निर्देशन दिएको छ ।

कोरोना नियन्त्रणका लागि सिंगापुर सरकारले चालेका कदम प्रभावकारी भएको बताइएको छ । शुक्रबार बिहानसम्म सिंगापुरमा ६८३ जनामा कोरोना संक्रमणको पुटि भएको छ ।

त्यसमध्ये १७२ जना निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सिंगापुरमा कोरोना संक्रमणबाट अहिलेसम्म २ जनाको मात्रै मृत्यु भएको छ ।

प्रकाशित मिति: Mar 27, 2020

प्रतिक्रिया दिनुहोस्